त्रिपुरासुन्दरी नगरपालिका–२ की २९ वर्षीया जिरा विकलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति लालबहादुर विकलाई जेठ ३० गते गिरफ्तार गरेको छ ।
आफूलाई दिनहुँ कुटपिट गरेको भन्दै पति विरुद्ध प्रहरी चौकी त्रिपुराकोट वगरमा ०८० जेठ २८ गते पीडितले उजुरी दिनु भएको थियो ।
आरोपितलाई भोक्पा पाटनबाट गिरफ्तार गरिएको चौकी इन्चार्ज सई रुद्धबहादुर शाहीले जानकारी दिनु भयो ।
आरोपितले पीडितलाई जेठ २६ गते र २७ गते मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।