१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साल्पासिलिछो गाउँपालिका–६ दोभानेका ५५ वर्षीय गणेश बनलाई जेठ २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बूूले बताउनु भयो ।
पीडितको बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २८ गते गरिएको छ ।