बागलुङ नगरपालिका–१ की ४० वर्षीया फुलमाया माझीलाई हत्या पछि बलात्कार गरेको कसुरमा बागलुङ नगरपालिका–१ का २६ वर्षीय प्रकाश अधिकारीलाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश दिवाकर भट्टको जेठ २९ गतेको इजलासले उक्त फैसला गरेको इजालास अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो ।
फुलमायालाई आरोपितले ०७९ असोज ३० गते हत्या पछि बलात्कार गरि लुटपाट गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङले अधिकारीलाई ०७९ कात्तिक ४ गते गिरफ्तार गरेको थियो ।
प्रहरीले ०७९ कात्तिक २९ गते जिल्ला अदालत बागलुङमा हत्या, बलात्कार र लुटपाट कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
अधिकारीलाई अदालतको कात्तिक ३० गतेको आदशले पुर्पक्षको लागि थुनामा राखिएको थियो ।
शवको पोष्टमार्टम असोज ३१ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको थियो ।