INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण तथा शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार गरेको आरोपमा प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका –११ का २१ वर्षीय नुरआलम राईलाई  जेठ २६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ ५ गते अपहरण तथा शरीर बन्धक गरेकोे भन्दै पीडित पक्षले जेठ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटनाको उजुरीका आधारमा प्रहरीले आरोपित र पीडित बालिकालाई भारतीय प्रहरीसँगको सहकार्यमा गिरफ्तार गरी पीडितलाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका एसपी  सन्तोषसिंह राठौरले बताउनु भयो ।

पीडित बालिका रहेको र भारतमा फेला परेकोले आरोपितविरूद्ध अपहरण तथा शरीर बन्धक, बलात्कार र मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा अनुसन्धान भइरहेको एसपी राठौरले बताउनु भयो ।

दुबै जनाको स्वास्थ्य परीक्षण जेठ २६ गते भेरी अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो