१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका–५ का ३७ वर्षीय वुद्धिमान तामाङ वाइबालाई जेठ २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ माघ २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई अनुसन्धानका लागि चुलाचुली गाउँपालिका–५ घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर तेजबहादुर दाहालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २७ गते गरिएको छ ।