१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बागलुङको तराखोला गाउँपालिका–५ का २१ वर्षीय लोकबहादुर घर्तीलाई १० वर्ष कैद सजायको फैसला भएको छ ।
न्यायाधिश दिवाकर भट्टको ०८० जेठ २५ गतेको आदेशले घर्तीलाई कैदसँगै ५ लाख रुपियाँ जरिबाना र २० हजार रुपियाँ क्षतीपुर्ती फैसला गरेको जिल्ला अदालत बागलुङका इजालास अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो ।
पीडित बालिकलाई आरोपितले ०७९ साउन ५ गते विद्यालयबाट फर्कने क्रममा ताराखोलाको जंगलमा बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
आरोपित घर्तीलाई जिल्ला अदालत बागलुङको भदौ ३१ गतेको आदेशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा राखिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ७ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको थियो ।