कोशी नामाकरणको विरोधमा आन्दोलनरत प्रदेश न १ पुन नामाङ्कन संयुक्त सङघर्ष समतिकिा कार्यकर्ताले कोशी प्रदेशसभा उप-सभामुख सिर्जना दनुवार र उदयपुर, त्रियुगा नगरपालिका उप-प्रमुख महेश्वरी राईमाथि जेठ २५ गते आक्रमणको प्रयास गरेका छन् ।

कोशी नामाकरणको विरोधमा आन्दोलनरत प्रदेश न १ पुन नामाङ्कन संयुक्त सङघर्ष समतिकिा कार्यकर्ताले उप-सभामुख दनुवार र उप-प्रमुख राईमाथि गाइघाट बजार जाने क्रममा आक्रमणको प्रयास भएको नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले इन्सेककर्मी सँगको फोन सम्पर्कमा बताउनु भयो ।
उदयपुर, गाईघाटमा रहेको सर्पदंश उपचार केन्द्रमा पोर्टेबल भेन्टिलेटर सुरू गर्नेबारेको कार्यक्रम सकेर गाईघाट बजारतर्फ जाने क्रममा आक्रमण प्रयास भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको अनुगमनपछि प्रदेशस्वास्थ्य मन्त्री तीलकुमार मेन्याङ्बो, उपसभामुख सर्जिना दनुवार, प्रदेश स्वास्थ्य सचिव डाक्टर सुधा देवकोटासहितको टोली भुल्केस्थित १८ नम्बर बाहिनीमा रहेको सर्पदंश उपचार केन्द्रमा पुगेको थियो ।
कार्यक्रम सकेर मन्त्री मेन्याङ्बो र सचिव देवकोटा बेल्टारको बाटो हुँदै विराटनगर फर्किनु भएको थियो ।
उपसभामुख दनुवारसहित त्रियुगा नगरपालिकाकी उपप्रमुख राई गाईघाटतर्फ जाने क्रममा काठ लोड गरेको ट्याक्टरले सडक अवरुद्ध गरेर गाडी रोकिएको अवस्थामा आक्रमण प्रयास गरिएको हो ।
आक्रमणकारीबाट त्रियुगा नगरपालिकाका उपप्रमुख राई चढ्ने गाडीमा पूर्णरुपमा क्षति पुगेको छ ।
उपसभामुख दनुवार चढ्ने गाडीको पछिल्लो भागमा क्षति पुगेको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले केही मोटरसाइकलमा आएका व्यक्तिहरूले आक्रमण गरेको पुष्टि गर्नु भएको छ ।