३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय रविन बि.कलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ ।
न्यायधिश दिवाकर भट्टको जेठ २३ गतेको आदेशले अभियोग दाबी पुग्ने भन्दै कैदसँगै १ लाख ५० हजार रुपियाँ जरिबाना र २० हजार रुपियाँ क्षतीपूर्ती फैसला गरेको जिल्ला अदालत बागलुङका इजलास अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो ।
पीडित महिलालाई ०७९ पुस १० गते राती बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले पुस ११ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपित बि.कलाई पुस ११ गते गिरफ्तार गरेको थियो ।
जिल्ला अदालत बागलुङको पुस १४ गतेको आदेशले बि.कलाई पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा राखिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७९ पुस ११ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको थियो ।