INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो ।

पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै बसेको अवस्थामा ०७७ साल वैशाखदेखि आरोपित पतिले पीडित बालिकालाई निरन्तर बलात्कार गरिरहेको बताउनु भयो ।

आरोपित रोजगारीको लागि विदेश गएपछि पीडित छोरीले आमालाई भेटी घटना बारे जानकारी दिनु भयो।

आरोपित ०८९ साल को चैतमा रोजगारीका लागि विदेश गएको हुनाले उनलाई इन्टरपोलको सहयोगमा गिरफ्तार गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक गिरीले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण जेठ २२ गते वीरगन्जको नारायणी अस्पतालमा भएको छ ।

अन्य

भिडियो