सिंजा गाउँपालिका – ६ का नविन बुढालाई जातीय विभेद गरेका भन्दै जिल्ला अदालत जुम्लाले जेठ १८ गते चार महिना कैद, २० हजार जरिवाना र २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद गौतम इजलासले तत्कालीन वडाध्यक्ष कालिबहादुर बुढाले सफाइ पाएका छन् भने उनका छोरा नविन बुढालाई चार महिना कैद सजायसहित २० हजार रुपियाँ जरिवाना तथा पीडितलाई क्षतिपूर्ति स्वरुप २५ हजार रुपियाँ दिनुपर्ने छ ।
जातीय विभेदको आरोपमा तत्कालीन वडाध्यक्ष ५५ वर्षीय कालिबहादुर बुढा र वडाध्यक्षका छोरा ३२ वर्षीय नविन बुढालाई ०७८ असार २५ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दर्ता भएको थियो ।
२०७८ असार ६ गते सिंजा गाउँपालिका – ६ का तत्कालीन वडाध्यक्ष कालिबहादुर बुढा र ०७८ असार ८ गते वडाध्यक्षसहित उनका छोरा नविन बुढाले गरेको जातीय विभेदको मुद्दामा सुनुवाइ भएको हो ।