INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१९ वर्षीया यवतीलाई बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका–१० सलेमपुरका २८ वर्षीय अनिल कुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा जेठ १६ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।

पीडित यवतीलाई आरोपितले जेठ ४ गते सलेमपुर गाउँको झिम खोला नजिकै बलात्कार गरेका थिए ।

घटनापछि आरोपित यादव फरार भएकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कैलाश राईले जानकारी दिनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ १७ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको छ ।

अन्य

भिडियो