INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

चौदण्डीगढी नगरपालिका—७ की २७ वर्षीया मनुकुमारी तामाङ्ग र सप्तरी, विष्णुपुर गाउँपालिका—१ का ३५ वर्षीय जामुनप्रसाद रजकलाई दुर्व्यवहार घटनाका दोषीलाई कारबाही गर्न कर्मचारीले माग गरेका छन् ।

घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमा जेठ १२ गते ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले घटनाका विषयमा छानविन अघि बढाउने बताउनु भएको छ ।

चौदण्डीगढीनगरपालिका—७ स्थित वेल्टार नगर अस्पतालमा कार्यरत सिनियर अहेव मनुकुमारी तामाङ र जनस्वास्थ्य निरीक्षक जामुनप्रसाद रजकमाथि ०८० जेठ ४ गते अस्पताल परिषद् भित्र दुर्व्यवहार घटनाका दोषीलाई कारबाही गर्न कर्मचारीहरूले माग गरेका छन् ।

चिकित्सक तामाङ्ग र रजक डिउटीमा रहेको अवस्थामा चौदण्डीगढीनगरपालिका—२ का ३४ सन्तोष सुवेदी, चौदण्डीगढीनगरपालिका—७ बेल्टारका ४३ वर्षीय राजेन्द्र पौडेल र चौदण्डीगढीनगरपालिका—७ का वडाध्यक्ष ४१ वर्षीय केशव अधिकारीले दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

आरोपितहरुले तपाईको कुन पदको हो, पदीय दायित्वले विरामी जाँच्न र लेख्नमिल्छ कि मिल्दैन भनि विरामीलाई समेत जाँच्न नदिइ अभद्र व्यवहार गरेको स्वास्थ्यकर्मीहरुको ठहर आरोप छ ।

स्वास्थ्यकर्मीमाथि गरिएको गलत कार्य निन्दनीय रहेको नेपाल स्वास्थ्यकर्मी युनियन कोशी प्रदेशका अध्यक्ष मोहमदफिरोज अलीले बताउनु भयो ।

‘विरामीको सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीप्रति सत्यतथ्य नबुझी सतही रुपमा अभिव्यक्त अस्वभाविक धम्कीपूर्ण टिप्पणी, गाली वेइज्जती गर्ने नियत, स्वास्थ्य पेशाप्रतिको लाल्छनाप्रति घोर भत्सर्ना गर्दछौ ।’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को दफा ३ मा स्वास्थ्य उपचारको विषयलाई लिइ घेराउ, अपमानजनक व्यवहार वा हातपात गर्न र स्वास्थ्य संस्थामा तोडफोड, आगजानी वा अन्य गतिविधि गर्न वर्जित गरिएको छ ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले चिकित्सकलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेकाे छ ।

Photo 202305 26 udayapur

अन्य

भिडियो