राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा उपभोक्ता अधिकारको वर्तमान अवस्था र चुनौतिका बारेमा असार ३ गते रोल्पाको लिबाङमा जिल्लाका सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरूले जिल्लाका पसलहरूमा मूल्यसूची नराखिएको, पेट्रोल पम्पमा पेट्रोल नपाइने तर बजारमा तरकारी पसलदेखि किराना पसलसम्म बोतलमा पेट्रोलको कालो बजारी भइरहेको, म्याद सकिएका खाद्य सामग्री विक्री भइरहेको बारे गुनासो गरेका थिए ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका मानव अधिकार अधिकृत लक्ष्मी पौडेलले सरोकारवालाहरूले उठाएका विषयमाथि आयोगको गम्भीर ध्यानाकर्षण भएको बताइन् ।
कार्यक्रममा जिल्ला प्रशासन, शिक्षा, स्वास्थ्य, पशु, कृषि विकास कार्यालयका प्रमुख, रोल्पा उद्योग वाणिज्य सङ्घ, पत्रकार तथा उपभोक्ता अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।