INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारलाई दुर्व्यवहार गरेको घटनाप्रति महासङ्घको आपत्ति

कान्तिपुर टेलिभिजनमा कार्यरत विराटनगर महानगरपालिका–८ की ३५ वर्षीया पत्रकार शुशीला पाठकको सञ्चार सामग्री सीमा सुरक्षाका लागि खटिएको शसस्त्र प्रहरीले खोसेको घटनाप्रति पत्रकार महासङ्घ मोरङ शाखाले आपत्ति जनाएको छ ।

Photo 20230524 Morang (3)

०८० जेठ १० गते विराटनगरको पुरानो भन्सार क्षेत्रमा फोटो खिच्दै गर्दा शसस्त्र प्रहरीले दुर्व्यवहार गरी भिडियो  खिच्न रोक लगाएको र सञ्चार सामाग्री खोसेको पीडित पत्रकारले बताउनु भयो ।

समाचार सङ्कलनका क्रममा डियुटीमा रहेका सशस्त्र प्रहरीका जवानले आफूलाई दुर्व्यवहार गरी मोवाइल खोसेको र फोटो डिलिट गरिदिएको पत्रकार पाठकको भनाइ छ ।

पत्रकार पाठकले  समाचार सङ्कलनका क्रममा फोटो खिचेको निहुँमा शसस्त्र प्रहरीले दुर्व्यवहार गर्दै मोवाइल खोसेको आरोपमा पीडितले नेपाल पत्रकार महासङ्घ मोरङ शाखामा जेठ १० गते उजुरी दिएको शाखाका सचिव नेत्रपी अधिकारीले बताउनु भयो ।

समाचार सङ्कलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार र सञ्चार उपकरणको घटनाप्रति नेपाल पत्रकार महासङघ मोरङ, नेपाल प्रेस युनियन मोरङ, नेपाल फोटो पत्रकार महासङ्घ कोशी प्रदेशले जेठ १० गते विज्ञप्ति जारी घटनाको विरोध गरेका छन् ।

विज्ञप्तिमा स्वतन्त्रपूर्वक समाचार सङ्कलन गर्ने र सार्वजनिक स्थानमा देखिएको दृश्यलाई क्यामारामा कैद गर्ने अधिकारलाई कुण्ठित हुनेगरी राज्यको सुरक्षा निकायले गरेको कार्यको निन्दा गरिएको छ ।

घटनामा संलग्नलाई कारबाही र निर्वाध रूपमा समाचार सङ्कलन गर्ने वातावरण मिलाउन विज्ञप्तिमार्फत माग गरिएको छ ।

पत्रकारलाई  सीमा शसस्त्र प्रहरीले गरेको दुव्र्यवहार गरी समाचार सङ्कलनमा रोक लगाएको विषयमा पत्रकारहरूले विरोध गरेपछि शसस्त्र प्रहरीले जेठ १० गते साँझ नेपाल पत्रकार महासङ्घ मोरङ शाखामा क्षमा माग्दै पीडित पत्रकार पाठकको मोवाइल फिर्ता दिएको महासङ्घका सचिव नेत्रपी अधिकारीले बताउनु भयो ।

मोवाइल फिर्ता दिएपनि मोवाइलमा खिचेको भिडियो भने डिलिट गरेको पाइएको सचिव अधिकारीको भनाइ छ ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।

Photo 20230524 Morang (1)

Photo 20230524 Morang (2)

अन्य

भिडियो