१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० जेठ ४ गते रत्ननगर नगरपालिका-२ का २२ वर्षीय विजय कुमारलाई ११ वर्ष आठ महिना कैद सजाय हुने फैसला गरेको छ ।
पीडित बालिकालाई कुमारले ०७९ माघ २ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले माघ ३ गते इलाका प्रहरी कार्यालय टाँडीमा उजुरी दिनुभएको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण सोही दिन भरतपुर अस्पतालमा भयो । कुमार माघ ३ गते घरबाटै गिरफ्तार भएका थिए ।
न्यायाधीश रितेन्द्र थापाको इजलासले कुमार माघ २० गते पुर्पक्षका लागि थुनामा गएका थिए ।