१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ४ गतेको इजलासले ३९ वर्षीय बुबालाई दुई वर्ष कैद सजाय हुने फैसला सुनाएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो ।
पीडित बालिकालाई ०७९ कात्तिक ९ गते यौन दुर्व्यवहार गरेको भन्दै मामाले बुबाविरुद्ध माघ ६ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिनुभएको थियो ।
आरोपित माघ ६ गते गिरफ्तार भए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ७ गते भरतपुर अस्पतालमा भयो ।
न्यायाधीश रितेन्द्र थापाको इजलासले आरोपित माघ २७ गते पुर्पक्षका लागि थुनामा गएका थिए ।