१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ३ गतेको इजलासले खैरहनी नगरपालिका-१ का ४६ वर्षीय मनिराम दराईलाई एक वर्ष कैद सजाय हुने फैसला सुनाएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो ।
पीडित बालिकालाई दराईले ०७९ वैशाख २४ गते यौन दुर्व्यवहार गरेको भन्दै आफन्तले वैशाख २५ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २५ गते भरतपुर अस्पतालमा भयो । दराई साउन २७ गते गिरफ्तार भएका थिए ।
न्यायाधीश मातृका आचार्यको भदौ २ गतेको इजलासले दराई पुर्पक्षका लागि थुनामा गएका थिए ।