२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आठवीसकोट नगरपालिका – १४ ज्यामिरेकोटका ५५ वर्षीय खडक मल्ललाई प्रहरीले जेठ ३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाले बलात्कार गरेको भनी आरोपित विरुद्ध जेठ २ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिनु भएको थियो ।
घर नजिकै छिमेकीको घरमा भएकाे विवाहमा गएको बेला रातिको समयमा आफूलाई बलात्कार गरेको पीडित महिलाको आरोप छ ।
उजुरीको आधारमा सोही दिन आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नमराज भट्टराईले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७९ जेठ ३ गते जिल्ला अस्पताल सल्लेमा भएको डाक्टर भिमकान्त जैसीले बताउनु भयो ।