१७ वर्षीया बालिकालाई गोलबजार नगरपालिका–१२ का २० वर्षीय ज्ञान पालले बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिनुभयो ।
आरोपित पालले बालिकालाई वैशाख २१ गते बलात्कार गरेको पीडित बालिकाकी आमाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २ गते प्रादेशिक अस्पताल सिरहामा भएको थियो ।
आरोपित फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रबिन्द्र राज पाण्डेले बताउनु भयो ।