११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश निर्मला सुवेदीको इजलासले ०८० जेठ ३ गते खैरहनी नगरपालिका-११ का ३१ वर्षीय सुवास उप्रेतीलाई १८ वर्ष कैद सजाय फैसला सुनाएको छ ।
पीडितलाई १ लाख ५० हजार रुपियाँ क्षतिपुर्ति समेत भराउने फैसला भएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो ।
पीडित बालिकालाई उप्रेतीले ०७८ कात्तिक १८ गते जबरजस्ती करणी गरेको भनी हजुरआमाले इलाका प्रहरी कार्यालय खैरहनीमा कात्तिक २२ गते उजुरी दिनुभएको थियोे ।
बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २२ गते भरतपुर अस्पतालमा भयो । उप्रेती सोही दिन गिरफ्तार भएका थिए ।
न्यायाधीश गायत्री रेग्मीको इजलासले उप्रेती मङ्सिर १२ गते पुर्पक्षका लागि थुनामा गएका थिए ।