११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश उद्धव भट्टराइको इजलासले ०८० वैशाख ३१ गते ३१ वर्षीय बुबालाई जन्मकैद सजाय हुने फैसला सुनाएको छ ।
जिल्ला अदालतका श्रेष्तेदार इश्वर आचार्यका अनुसार ०७९ भदौ ८ गते कालिका नगरपालिका-१ स्थित आफ्नै घरमा बुबाले बलात्कार गरेको भनी पीडितको आमाले सोही दिन इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिनुभएको थियो ।
आरोपित भदौ ८ गते नै गिरफ्तार भए । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन भरतपुर अस्पतालमा भयो । आरोपित ०७९ भदौ ३१ गते पुर्पक्षका लागि थुनामा गएका थिए ।