INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा कैद सजायको फैसला

३० वर्र्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, कैलालीले भजनी नगरपालिका–१० का ४० वर्र्षीय लोकबहादुर धामीलाई ०८० वैशाख २७ गते ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश डल्लुराम चौधरीको इजलाशले कसुर ठहर गरी ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत नवराज पाण्डेले बताउनु भयो ।

पीडितलाई ०७३ साउन १० गते आरोपितले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय, भजनीमा २०७३ माघ १० गते उजुरी दिनु भएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जवरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले ०७३ फागुन ६ गते दिएको आदेशमा आरोपितलाई पुर्पक्षका लागि कारागार पठाइएको थियो ।

२०७४ साउन ९ गते आरोपित ३० हजार रुपियाँ धरौटीमा साधारण तारेखमा रिहा भएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण ०७३ माघ १० गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो