लुम्बिनी प्रदेशका १२ जिल्लाका १२ हजार भन्दा बढी बालबालिका नियमिति खोपबाट वञ्चित भएका छन् ।
मानवीय क्षमताको विकासकोलागि खोप तथा मानिसको स्वास्थ्यकालागि सरसफाई प्रवर्धन कार्यक्रम महत्पूर्ण मानिए पनि भौतिक विकासको तुलनामा मानवीय विकासमा ध्यान दिन नसक्नु ठुलो चुनौति बन्दै आएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञवालीले लुम्बिनी प्रदेशमा अहिले पनि नियमिति खोपबाट १२ हजार बढी बालबालिकाहरू खोपबाट वञ्चित रहेको बताउनु भयो ।
खोप अधिकृत ज्ञवालीले रुपन्देहीका १६ वटा स्थानीय तह पुर्ण खोपयुक्त भएपनि ८२ प्रतिशत मात्र पूर्ण रहेकोले सत प्रतिशत बनाउनको लागि सुक्ष्म योजना बनाएर अघि बढ्ने प्रयास भइरहेको बताउनु भयो । उहाँले खोपकेन्द्र बढेपनि खोप कभरेज घटने समस्या देखिएकोले यस्तो समस्या आएको बताउनु भयो ।
खोप सबै बालबालिकाले पाउनु पर्ने नैसर्गिक अधिकार हो । खोपबाट कुनैपनि बालबालिका वञ्चित हुनु हुदैन आगामी वर्षको लागि योजना तर्जुमा गर्दा दीर्घकालीन सोचको परिदृश्य लक्ष्य, उद्देश्य, रणनीति, प्राथमिकता र भौतिक लक्ष्यसँग तादात्म्यता कायम गर्न नसक्दासम्म यस्तो चुनौती आउने ज्ञवालीले थप्नु भयो ।
सरकारले अहिले बनाएका योजनाले दिगोविकास लक्ष्य हासिल गर्न समेत टेवा पुग्ने खालका भए पनि खोप, स्वास्थ्य सरसफाई, आमा र बालबालिकाको मृत्युदर, रोगको सङ्क्रमण हुने दर र अपाङ्ग वा अशक्त हुने दरमा उल्लेख्य कमी ल्याउन सकिने खोप अधिकृत भेषराज शर्माले बताउनु भयो ।
राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा गरी आगामी आर्थिक वर्षकोलागि जिल्लामा के कति खोप आवश्यकता पर्छ पालिकाको अवस्था र खोपको बारेमा सुर्धानु पर्ने विषयमा छलफल गरी अगाडि बढने बताउनु भयो ।
वाटरहेड नेपालका गुणस्तर अनुगमन अधिकृत मनोज नेपालले खोपको साथसाथै सरसफाईमा बढी ध्यान दिदा बालबालिकाहरू ७० प्रतिशत सुरक्षित हुने र ३० प्रतिशत खोपबाट सुरक्षित हुने बताउनु भयो ।
उहाले कुनैपनि बच्चा खोप र सरसफाई प्रवर्द्धनमा नछुटुन भन्नका लागि स्वास्थ्यकर्मीहरूको महत्वपूर्ण भूमिका हुने भएकोले खोपको महत्वका विषयमा परिवारका सदस्यहरूलाई शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।