INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले सीमरा उपमहानगरपालिमा-७ का २१ वर्षीय अर्बिन्द कुमार गुप्तालाई ०८० वैशाख २४ गते एक वर्ष कैद सजाय फैसला सुनाएको छ ।

पीडित बालिकालाई ०७९ असोज १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज २० गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण असोज २० गते भरतपुर अस्पतालमा भयो ।

गुप्ता सोही दिन गिरफ्तार भए ।

प्रहरीले जिल्ला अदालतमा ०७९ कात्तिक ३ गते मुद्दा दर्ता गरेकोमा कात्तिक ४ गते न्यायाधीश डिल्ली अर्यालको आदेशले गुप्ता पुर्पक्षका लागि थुनामा गएका थिए ।

अन्य

भिडियो