२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– ११ भगजोनीका १९ वर्षीय करण चौधरीलाई २२ वर्षीया वैशाख २४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख २३ गते बलात्कार गरेको भन्दै पीडितले वैशाख २४ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा आरोपितलाई घरबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर विरेन्द्र केसीले बताउनु भयो ।
छोरी घरबाट खेततर्फ जादै गरेको अवस्थामा आरोपितले अपहरणको शैलीमा एकान्त ठाउँमा लगेर बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २४ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा भएको डाक्टर नुरुल होदाले जानकारी दिनुभयो ।