INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका–५ का २५ वर्षीय सुवोध कुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा वैशाख २१ गते पीडित पक्षले उजुरी दिनुभएको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ११ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएको पीडित बालिकाका बुबा ४२ वर्षीय सुवास महतोले बताउनु भयो ।

घटनापछि आरोपित महतोे भारत तर्फ गएकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका ईन्स्पेक्टर विजय कुवरले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २१ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।

अन्य

भिडियो