मेलुङ गाउँपालिका-१ पवटी स्थित पिपलबोटकी ३२ वर्षीया कल्पना भुजेललाई घरायसी विवादमा हत्या गरेको आरोपमा भाइ २३ वर्षीय रामभरत भुजेललाई प्रहरीले ०८० वैशाख २३ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका इस्पेक्टर राजेश सिग्देलका अनुसार बोली नआउने र कान नसुन्ने आरोपितले वैशाख २२ गते महिलालाई दाउराले टाउकोमा प्रहार गरेका थिए ।
शवको पोष्टमार्टम वैशाख २३ गते पशुपति स्मृति अस्पताल चरिकोटमा गरी सही दिन आफन्तले शव बुझी चर्नावतीमा सतगत् गरेका थिए ।