INSEC Online

📅 २०८३ श्रावण १

हत्या घटना आरोपमा तीन जना गिरफ्तार

कोहलपुर नगरपालिका –२ बर्दहवाकी २० वर्षीया प्रिती थारूको हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति २१ वर्षीय अनिल थारू, ससुरा ४६ वर्षीय भागीलाल थारू र जेठाजु २४ वर्षीय राजकुमार थारूलाई  वैशाख १८ गते घरबाट गिरफ्तार गरेको छ ।

प्रिती आफ्नै घरमा वैशाख १८ गते  मृत फेला पर पीडित पक्षले आरोपितहरू विरूद्ध हत्या  आरोपमा  वैशाख १९ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका थिए ।

घटनाको जानकारी पाए लगत्तै प्रहरीले  घटना शङ्कास्पद रहेकोले आरोपितहरूलाई वैशाख १८ गते गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले बताउनु भयो ।

घटनाको प्रकृति हेर्दा  झ्याल फुटेको, ढोका बन्द भएको अवस्थामा थियो भने घटनाका दिन  बिहान  कुटपिट भएको अनुसन्धानमा खुल्न आएकाले थप अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताउनु भयो ।

शवको पोष्टमार्टम वैशाख १८ गते भेरी अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो