१४ वर्षीया बालिकालाई सुखिपुर नगरपालिका–३ का ३५ वर्षीय रियाज अन्सारीले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख १८ गते उजुरी दिएकाे छ ।
आरोपितले बालिकालाई वैशाख १३ गते बलात्कार गरेको पीडित बालिकाकी आमाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा वैशाख १८ गते भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रबिन्द्रराज पाण्डेका अनुसार आरोपित फरार रहेकोले खोजतलास भइरहेको बताउनु भयो ।