INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्स्पेक्टरद्वारा कार्यालय भित्रै हवल्दारमाथि कुटपिट

सल्यानको शिद्धकुमाख गाउँपालिका –३ स्थायी घर भइ जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय हरि आरसी  साेही कार्यालयमा कार्यरत इन्स्पेक्टर नविन चापागाईंको कुटपिटबाट घाइते हुनु भएको छ ।

आफुले भनेको कुरा नमानेको भन्दै ४२ वर्षीय इन्स्पेक्टर चापागाईंले वैशाख १६ गते शनिवार विहान कार्यालय भित्र बोलाएर कुटपिट गरेको पीडितले बताउनु भयो । कुटपिटबाट प्रहरी हवलदार आरसीको बायाँ आखामा निलडाम हुने गरी चोट लागेको छ । घाइते हवलदार आरसीको जिल्ला अस्पताल दुनैमा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको अस्पतालका डाक्टर अखण्ड उपाध्यायले जानकारी दिनुभयो ।

कुटपिट गरेको दिन घाइते हवलदार आरसी विदामा भएपनि आदेश पालन नगरेको भन्दै कार्यालय भित्रै बोलाएर कुटपिट गरेको हवलदारले आफूलाई जानकारी गराएको डीएसपी केशव बुढाथोकीले बताउनुभयो । कार्यालय भित्र कुटपिट र हातपात गर्न नपाइने भएकाले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र दोषीलाई विभागीय कारवाही हुने पनि डीएसपी बुढाथोकीले जानकारी दिनुभयो ।

अन्य

भिडियो