INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले याङवरक गाउँपालिका–६ का १९ वर्षीय उदेश नुगोलाई १३ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको ०८० वैशाख १० गतेको इजलासले कसुर गरेको ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिंजापतिले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ जेठ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७९ पुस २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले ०७९ पुस  २६ गते घरबाट गिरफ्तार गरी जिल्ला अदालतमा माघ २२ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतका तत्कालीन न्यायाधीश टिकेन्द्र दाहालको माघ २२ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ पुस २६ गते गरिएको थियो ।

त्यसैगरी १८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका –१० का २२ वर्षीय मन्दीप जबेगुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको ०८० वैशाख १० गतेको इजलासले कसुर गरेको ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिंजापतिले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७९ जेठ १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७९ पुस २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले ०७९ पुस २६ गते घरबाट गिरफ्तार गरी जिल्ला अदालतमा माघ २० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतका तत्कालीन न्यायाधीश टिकेन्द्र दाहालको माघ २० गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ पुस २६ गते गरिएको थियो ।

 

अन्य

भिडियो