आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई वैशाख ११ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १० गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए ।
उजुरीका अधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेले बताउनु भयो ।
पीडित बाहिर बाटोमा खेलीरहेको बेला आरोपितले छिमेकीको घरमा बोलाएर बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १० गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिको डाक्टर नुरूल होदाले जानकारी दिनुभयो ।