१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका–४ का २९ वर्षीय रविन्द्र महतोलाई वैशाख १० गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा चैत २६ गते उजुरी दिनुभएको थियो ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई वैशाख १० गते गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मिकेन्द्र मिश्रले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २७ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।