INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपालगञ्ज उपमनपालाई न्यायिक समिति गठन गरी प्रक्रिया अगाडि बढाउन उच्च अदालतको आदेश

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले न्यायिक समिति गठन गरी न्यायीक प्रक्रिया अगाडि बढाउन नेपालगञ्ज उप–महानगरपालिकाका आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय केशवराज जोशी र पुरूषोत्तमप्रसाद ढकालको वैशाख ६ गतेको इजलासले नेपालगञ्ज उप–महानगरपालिका नाममा उक्त आदेश गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिले  ०७९ असार १६ गते पुरूषहरूलाई मात्र राखेर न्यायिक समिति गठन गरेको  निर्णय नेपालको संविधान २०७२ को धारा २१७ प्रतिकूल देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने र नेपालको संविधान धारा (३८) महिला हक र (४२) सामाजिक न्यायको हकलाई समेत मध्यनजर गर्दै शीघ्र न्यायिक समिति गठन गरी न्याय सम्पादन प्रक्रिया अघि बढाउन विपक्षी नेपालगञ्ज उपमहानगरपालिकालाई परमादेशको आदेश जारी गरेको वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठले बताउनु भयो ।

रिट निवेदक सिजन थापाले उपमहानगरपालिकाको न्यायिक समिति गठन समावेशी र साामाजिक न्याय विपरित भएको भन्दै ०७९ मङ्सिर ७ गते उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा रिट निवेदन दर्ता गराएका थिए ।

नेपालको संविधानको  धारा २१७ को १ मा कानुन बमोजिम आफ्नो अधिकार क्षेत्र भित्रका विवाद निरूपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिमा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने र  उपधारा १ बमोजिमको न्यायिक समितिमा गाउँ सभा वा नगर सभाबाट आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्यहरू रहने व्यवस्था रहेको छ ।

अन्य

भिडियो