मानव अधिकार निगरानी समूहको आयोजना तथा बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा ०७४ जेठ २९ गते मानव अधिकारसम्बन्धी तालिम सम्पन्न गरिएको छ ।

इन्सेकको पहलमा साविक भृकुटी नगरपालिकाको नगर परिषदमै मानव अधिकारसम्बन्धी तालिमका लागि २५ हजार रुपियाँ बजेट विनियोजित गरेकोमा सो अनुसार मानव अधिकार निगरानी समूहको बैठकले उक्त तालिम सञ्चालन गर्ने प्रस्ताव पेश गर्ने निर्णय गरको थियो ।
सो निर्णय बमोजिम जेठ १८ गते बुद्धभूमि नगरपालिका र निगरानी समूहबिच कार्यक्रम गर्ने सम्झैता भएको थियो । नगरपालिकाको सम्झैता अनुसार मानव अधिकार निगरानी समूहका सम्पुर्ण पदाधिकारी एवम् सदस्यहरू र साविक भृकुटी नपाका मानव अधिकार रक्षकहरू गरी २७ जनाको सहभागिता तालिम सञ्चालन गरिएको थियो ।
तालिममा इन्सेकका जिल्ला सहजकर्ता एवम् जिल्ला प्रतिनिधि नन्दराम पौडेलले मानव अधिकार, मानव अधिकारका विषयवस्तु तथा मानव अधिकारको विकासवादी अवधारणा, जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहकी संयोजक माया ज्ञवालीले मानव अधिकार रक्षक, रक्षकको भूमिका र जिम्मेवारीलगायतका विषयमा सहजीकरण गरेका थिए ।