INSEC Online

📅 २०८३ जेष्ठ २१

राजपाका कार्यकर्ताहरूद्वारा बन्द अवज्ञा गरेको आरोपमा सवारी साधनमा तोडफोड

निर्वाचन विरोधी आन्दोलनका कार्यक्रम सुरु गरेको राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताहरूले जेठ ३० गते विराटनगरमा तीन ओटा सवारी साधनमा तोडफोड गरेका छन् ।

Photo20170613Morang

आन्दोलनका कार्यक्रम अर्न्तगत जेठ ३० गते बन्दको आह्वान गरेको पहिलो दिन राजपाका कार्यकर्ताहरूले बन्दको अबज्ञा गरेको आरोपमा बा३ख ८३७४ नम्बरको माइक्रो बस, को१ह १६८३ नम्बरको ट्याम्पो र को१ह ४२१८ नम्बरको सिटी रिक्सामा तोडफोड गरी क्षति पुर्‍याएका हुन् ।

Photo20170613Morang1

बिहानैदेखि विराटनगरको महावीर चोकमा भेला भएका राजपाका कार्यकर्ताहरूले काठमाडौँबाट आएको माइक्रोबसमा तोडफोड गरेका हुन् ।

Photo20170613Morang2

संविधान संशोधन नगरी निर्वाचनमा नजाने भन्दै निर्वाचनका कार्यक्रम बिथोल्न आन्दोलन सुरु गरेको राजपाले मोरङको डायनिया, रङ्गेलीलगायतका स्थानमा पनि सडक तथा बजार बन्द गराएको राजपा मोरङका संयोजक मोहम्मद कादिरले बताए ।

Photo20170613Morang3

बन्दका कारण विराटनगरमा बजार, विद्यालय, कलेज तथा यातायातका साधन बन्द भएका छन् । बन्दका कारण सर्वसाधारणलाई आवतजावतमा समेत निकै समस्या भएको छ ।

अन्य

भिडियो