१६ वर्षीया बालिकालाई कल्याणपुर नगरपालिका–९ का २१ वर्षीय रञ्जन यादवले बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले वैशाख ४ गते उजुरी दर्ता गरेको छ ।
आरोपितले बालिकालाई ०७९ चैत १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा वैशाख ३ गते उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा वैशाख ३ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरीकृष्ण केसीका अनुसार आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।