INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।

बलात्कार प्रहरीले १७ वर्षीय एक बालक, बुटवल उपमहनपा–९ का २२ वर्षीय विनोद थापालाई वैशाख ३ गते र  २३ वर्षीया किरण खातीलाई वैशाख ४ गते घरबाट गिरफ्तार गरेको हो ।

पीडितलाई आरोपितहरूले वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

नयाँ वर्ष मनाउने बहानामा बलात्कार गरेको र कसैलाई नन्न धम्की दिएको पीडित पक्षले बताए ।

उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो