१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्गजा जिल्ला बिरूवा गाउँपालिका–२ स्थायी घरभई बुटवल उपमनपा–१७ रानीगञ्ज बस्ने २४ वर्षीय विशाल रानालाई वैशाख ४ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन २७ गते बलात्कार गरी आरोपित फरार रहेको भन्दै पीडित पक्षले वैशाख ३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
पीडित परिवारका अनुसार आरोपितले मादक पदार्थ सेवन गरी घरमा आएर बलात्कार गरेको र बलात्कारबाट ३० हप्ताको गर्भ रहेको छ ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १२ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो ।