१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–९ का २७ बर्षीय झोके भनिने दलबहादुर राईलाई वैशाख ३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई बालिकालाई आरोपितले ०८० वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई खाँदवारी नगरपालिका–९ तुम्लिङटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ४ गते गरिएको छ ।