INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–४ का २८ वर्षीय लालबाबु दासलाई इलाका प्रहरी कार्यालय लहानले ०७९ चैत २८ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितले महिलालाई ०७९ पुस ६ गते विवाह गर्ने प्रलोभनमा बलात्कार गरेको र विवाह नगरेकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा चैत २८ गते उजुरी दिएको पीडितले बताइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा चैत २९ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर कृष्ण खत्रीका अनुसार आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।

अन्य

भिडियो