INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा आठ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत म्याग्दीले  १७ वर्षीय बालकलाई आठ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायधिश कृष्णप्रसाद शर्मा नेपाललको चैत ३० गतेको इजलासले आठ वर्ष कैद र पाँच लाख रुपियाँ जरिवानाको सजाय सुनाएको हो ।

पीडितलाई आरोपितले ०७७ माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७८ भदौ १७ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा प्रहरीले सोही दिन भदौ १७ गते आरोपित बालकलाई गिरफ्तार गरेको थियो ।

आरोपित विरूद्ध २०७८ असोज ६ गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत बलात्कार कसुरमा जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण २०७८ भदौ १७ गते बेनी अस्पतालमा भएको थियो ।

अन्य

भिडियो