INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै १२ वर्ष कैदकाे फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  १६ वर्षीय बालकलाई १२ वर्ष ८ महिना कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश बसन्तराज पौडेलको चैत २९ गतेको इजलासले कैदका साथै पीडितलाई ५० हजार रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका तहसिलदार रामबहादुर कुवंरले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ०७९ साउन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई साउन २४ गते गिरफ्तार गरी अनुसन्धानपछि भदौ ११ गते अदालत पेश गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २४ गते गुल्मी अस्पताल तम्घासमा गरिएको थियो ।

अन्य

भिडियो