१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ का २३ वर्षीय सुमित आचार्यलाई चैत २० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ १ गते बलात्कार गरेको भन्दै पीडितले आमाको सहयोगमा चैत २० गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएका थिए ।
आरोपितले बलात्कार पछि कसैलाई नभन्न धम्की दिएको पीडितले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
उजुरीका आधारमा गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर इश्वर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २० गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएकोे छ ।
यसैगरी, १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले १४ वर्षीय बालक विरूद्ध चैत २१ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले चैत ८ गते यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर इश्वर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।