INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा २१ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पीडितका ३१ वर्षीय काकालाई चैत २३ गते २१ वर्ष कैद सजायको फैसला भएको छ ।

दलबहादुर केसीको इजलासले आरोपितलाई कसुर ठहर गर्दै २१ वर्ष कैद सजायका साथै ३० हजार रुपियाँ जरिवाना र ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला भएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले बताउनु भयो ।

आरोपितले पीडितलाई ०७७ साउन १८ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले ०७७ साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । आरोपितलाई प्रहरीले ०७७ साउन २० गते गिरफ्तार गरेको थियो ।

आरोपितलाई ०७७ भदौ १३ गतेदेखी कारागारमा पुर्पक्षकोलागि थुनामा राखिइको थियो । पीडितको साउन १८ गते दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।

अन्य

भिडियो