चाबहिलस्थित क्लिन्टन विद्यालयका पाँच कक्षामा अध्ययनरत एक विद्यार्थीलाई सोही विद्यालयका प्रधानाध्यापक हिक्मत रायमाझीले कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा उजुरी परेको छ ।
पाँच कक्षामा अध्ययनरत विद्यार्थीले विद्यालय फेरेको भन्दै विद्यालयका प्रधानाध्यापकले उनलाई कुटपिट गरेको आरोपमा विद्यार्थीका अविभावकले महानगरको शिक्षा विभागमा उजुरी दिएको काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख राम प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
सुवेदीले अविभावकले दिएको उजुरी अनुसार प्रधानाध्यापकलाई बोलाएर स्पष्टिकरण लिने र आवश्यकता अनुसार कारबाही गरिने उल्लेख गर्नुभयो ।
घटनाका बारेमा इन्सेक प्रतिनिधिले विद्यालयका प्रधानाध्यापक हिक्मत रायमाझीसँग फोन सम्पर्क गर्दा उहाँले विद्यार्थी लड्न लाग्दा आफूले जोगाएको र बदमासी गर्नुहुन्न भनेर सम्झाउँदा गालामा एक थप्पड हिर्काएको स्वीकार गर्नुभयो ।
घटनाका सम्बन्धमा प्रहरी वृत्त गौशालामा मिलापत्र भइसकेको रायमाझीले बताउनु भयो ।