INSEC Online

📅 २०८३ जेष्ठ २१

पीडित एकल महिलालाई आर्थिक सहयोग

जनकपुर उपमहानगरपालिका–१६ मनहरपुर माइती घर भएकी धनौजी गाउँपालिका बस्ने २५ वर्षीया शोभा महरालाई ०७९ चैत २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक राजु पासवानले आर्थिक सहयोग गर्नुभएको छ ।

पीडित महिलालाई नागरिकता बनाई न्याीयक प्रक्रियामा अगाडी बढ्न सहज हुने विश्वासले संयोजक पासवानले मानव अधिकार सहायता कक्षबाट ६ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको संरक्षण परियोजनाका संयोजक किरण पौडेलले बताउनुभयो ।

पीडित महिलाको १० वर्ष अगाडी धनौजी गाउँपालिका बस्ने २९ वर्षीय अभिषेख बज्रचार्यसँग प्रेम सम्बन्धमा परि अन्तरजातीय विवाह गरेको र सात महिना अघि पतिको मृत्यु भएको र आफूलाई घरमा सासु, ससुरालगायतका परिवारले खान, लाउन नदिई घरमा बस्न नदिएकोले न्यायका लागि पहल गरिदिनु हुन आग्रह गरेपछि इन्सेक मधेस प्रदेश कार्यालयका प्रदेश प्रमुख राजु पासवान, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत मनमाया राना मगर, ओरेक नेपालका अधिकृत बिना सिंह, राधनी मिश्र र मानव अधिकारका लागि एकल महिला समूहका जिल्ला अध्यक्ष सुभद्रा आले र पीडित शोभा महरा सहित आयोगको कार्यालयमा २०७९ भदौ ७ गते दिउँसो बैठक बसेर पीडितको न्यायका लागि पहल गर्ने निर्णय गरिएको थियो ।

साथै पीडितलाई खान, लाउन समस्या रहेको र न्यायको दौरानमा सहयोग पुग्ने गरी इन्सेक मधेस प्रदेश कार्यालय अन्तर्गत मानव अधिकार सहायता कक्षसँग आर्थिक सहयोग उपलब्ध गराउन बैठकले पहल गर्ने निर्णय समेत गर्‍यो।

पीडित महिलाको आठ वर्षको एक छोरा र एक वर्षीय छोरी छन् । उनीहरूको हालसम्म जन्मदर्ता घर परिवारले नबनाइ दिएको पीडितको आरोप छ । छोरा छोरीको जन्म दर्ता र घरमा बस्ने वातावरण बनाइ न्याय उपलब्ध गराइ दिन इन्सेक मधेस प्रदेश कार्यालयमा २०७९ भदौ ७ गते निवेदन दिनु भएको हो ।

HRDs and victim meeting photo 20230405_165145

अन्य

भिडियो