१७ वर्षीया बालिकालाई अपहरण तथा शरिर बन्धक एवम् बलात्कार गरेको आरोपित छिन्नमस्ता गाउँपालिका–५ का २१ वर्षीय दिपककुमार यादवविरुद्धको मुद्दा चैत १७ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशले अपहरण तथा शरिर बन्धक एवम् बलात्कार अभियोगको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको हो ।
छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता शक्तिपिठ अगाडिबाट ०७६ असार २९ गतेदेखि बालिका बेपत्ता भएकी थिइन् । पीडितका हजुरबुबाले ०७६ साउन २ गते जिल्ला प्रहरी कार्यालयमा हुलिया जाहेरी दिनुभएको थियो ।
पीडितका हजुरबुबाले ०७६ भदौ १८ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले ०७६ भदौ ५ गते दर्ता गर्यो। बेपत्ता भई भारत पुगेकी बालिका फर्केपछि ०७६ भदौ १८ गते पीडितलाई हजुरबुबाको जिम्मा लगाइएको थियो । आरोपित फरार रहेपछि अदालतले ०७७ असार २३ गते अभियोपत्र दायर भएको थियो ।