INSEC Online

📅 २०८३ श्रावण १

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले नेपालगञ्ज उपमनपा–११का ३० वर्षीय सलमान कवडियाविरूद्ध चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता दिएका छन् ।

पीडितलाई आरोपितले चैत १८ गते घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएका थिए ।

घरमा काम गर्नु छ भन्दै काम गर्ने मजदुरलाई बोलाएर बात्कार गरेको पीडितले बताउनु भयो । पीडितले बताउनुभयो ।

घटना पछि आरोपित फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीमगरले बताउनु भयो ।

खेती किसानी पछि खाली समयमा मजदुरी गर्न नेपालगञ्ज आएकी पीडित माथि उक्त घटना भए पछि चैत १९ गते मजदुरहरूले आरोपितको घर घेराउ गरेपछि घटना बाहिर आएको थियो ।

नेपालगञ्जमा बिहान मजदुरहरू एक ठाउँमा जम्मा हुने र कामको लागि बोलाउन आएपछि घर, खेतबारी, उद्योग र होटलहरूमा गएर काम गर्ने गरेका छन् ।

पीडितको स्वास्थ्य परीक्षण चैत १९ गते भेरी अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो