INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल यौन दुर्व्यवहार कसुर ठहर गर्दै ६ महिना कैदको फैसला

११ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले चैत १६ गते जुम्ला जिल्ला हिमा गाउँपालिका–१ घर भई नेपालगञ्ज उपमनपा–१८ बस्ने २७ वर्षीय अंखबहादुर शाहीलाई ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश देवकुमार गिरीको इजलासले कैदको साथै ५ हजार रूपियाँ जरिवाना र २० हजार ५ सय रूपियाँ क्षतिपूर्ति पीडितलाई भराउने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार तीर्थराज भट्टले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७९ जेठ ९ गते यौन दुर्व्यहार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध जेठ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई जेठ १० गते गिरफ्तार गरी  सरकारी वकिल कार्यालय मार्फत असार २ गते  जिल्ला अदालतमा यौन दुर्व्यवहार अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण  जेठ १० गते भेरी अस्पतालमा भएको थियो ।

अन्य

भिडियो